पन्ध्रौं वार्षिकोत्सव विशेषांकनिर्वाचनफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९ब्लगEnglish
  • वि.सं २०७९ बैशाख ६ मंगलबार
  • Tuesday, 19 April, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख ६ मंगलबार ०८:१४:००
1 Shares
facebook-white sharing button
twitter-white sharing button
sharethis-white sharing button
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एक लाखले अवलोकन गरे दरबारमार्ग महोत्सव

1 Shares
sharethis-white sharing button
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख ६ मंगलबार ०८:१४:००

नेपाली नयाँ वर्षको अवसर पारेर काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको १५औँ दरबारमार्ग महोत्सवमा एक लाख अवलोकनकर्ता सहभागी भएका छन् । महोत्सवमा यति मानिस जम्मा हुनु नेपाल अब बिस्तारै उठ्दै छ भन्ने सन्देश हो । कोभिड–१९ महामारी र यसको प्रभावका कारण लामो समय घरमै बस्न बाध्य भएका आमसर्वसाधारणलाई महोत्सवले घरबाहिर आउन ठूलो ऊर्जा दिएको आयोजकले जनाएका छन् । महोत्सवमा कलाकारले प्रस्तुुति दिन थालेपछि महोल निकै मनोरञ्जनात्मक भएको थियो । 

महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले औपचारिक सुरुवात गरेका थिए । उनले देशका ९० प्रतिशतभन्दा बढी जनसंख्याले कोभिडविरुद्धको खोप लगाइसकेको र जनजीवन सामान्य हुँदै गएको अवस्थामा महोत्सवले आर्थिक क्रियाकलापलाई जागरुक बनाउन सहयोग गर्ने बताए ।  ‘सहकार्य : स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन पर्वद्धन’ मूल नाराका साथ आयोजना गरिएको यस महोत्सवको उद्देश्य आन्तरिक पर्यटनलाई पर्वद्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्‍याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको पर्वद्धन गर्नु रहेको जनाइएको छ । महोत्सवको मुख्य प्रायोजक एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले महामारीका कारण अर्थतन्त्र शिथिल भएका वेलामा यस सहकार्यले पर्यटन क्षेत्र, लघु उद्यमी, घरेलु, साना तथा मझौला व्यवसायीलाई नयाँ उत्साहका साथ अघि बढ्न प्रोत्साहन दिएको बताए ।  

सोही अवसरमा महोत्सवलाई सफल पार्न सहयोग गर्ने मुख्य प्रायोजक एनसेल, सहप्रायोजक गोरखा ब्रुअरी, रोयल स्ट्यागसहित अन्य सहयोगी संस्थाहरूलाई प्रशंसापत्रसमेत प्रदान गरिएको थियो । त्यसैगरी महोत्सवको बैंकिङ पाटर्नर एनआइसी एसिया बैंक, इन्स्योरेन्स पाटर्नर नेसनल लाइफ इन्स्योरेन्स, विभरेज पाटर्नर डाबर नेपाल, अन्य सहयोगी पाटर्नरहरू नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिका, मनकामना केबलकार, केएफसी, पिजा हट, फोन पे, एनडिज आइसक्रिम, नेपाल डेरीलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो । 

1 Shares
facebook-white sharing button
twitter-white sharing button
sharethis-white sharing button